रुकुम पूर्वमा निःशुल्क मानसिक स्वास्थ्य शिविर

२०८२ चैत १६ सोमबार २१:४२:०० मा प्रकाशित
AI निर्मित तस्बिर

रुकुम पूर्व — सिस्ने, पुथा उत्तरगंगा र भूमे गाउँपालिकाको आयोजना तथा सम्बन्धित स्वास्थ्य निकायको समन्वयमा निःशुल्क विशेष मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

शिविरमा मनोसामाजिक परामर्श, मानसिक स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरण र सामान्य स्वास्थ्य परीक्षण सेवा प्रदान गरिनेछ। मानसिक समस्या भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने जनाइएको छ।

शिविर चैत १७ गते सिस्ने गाउँपालिकाको पुरानो सभाहल, रुकुमकोटमा र चैत १८–१९ गते पुथा उत्तरगंगा गाउँपालिकामा बिहान ८ देखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।

आयोजकले सर्वसाधारणलाई सहभागी भई सेवा लिन अनुरोध गरेको छ।