रुकुम पूर्वमा दास्रो दिनको S.E.E. परीक्षा 

२०८२ चैत २१ शनिबार १२:२५:०० मा प्रकाशित
संकेत तस्बिर:

रुकुम पूर्व । रुकुम पूर्वमा माध्यमिक शिक्षा परीक्षाको दास्रो दिनमा अनिवार्य नेपाली विषयको परीक्षा गरिएको छ । शुक्रवार जिल्लाको आठवटा परीक्षा केन्द्रमा नै अनिवार्य नेपाली विषयको परीक्षा गरिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय रुकुम पूर्वले जनाएको छ । 

अनिवार्य नेपाली विषयको परीक्षामा रुकुम पूर्वका ७ सय २९ जना परीक्षार्थीले परीक्षा दिएका थिए । इकाई प्रमुख तिलक गौतमका अनुसार प्रतिशतको आधारमा हेर्दा ९७.९८ प्रतिशत परीक्षार्थीले परीक्षा दिएका थिए । 

जिल्लामा माध्यमिक शिक्षाको परीक्षा शान्तिपूर्ण, भयरहित र व्यवस्थित रूपमा सम्पन्न भएको थियो भने परीक्षा चैत २९ गतेसम्म चल्ने छ ।