देशभर कक्षा १२ को परीक्षा सञ्चालन

२०८३ बैशाख १४ सोमबार २०:१६:०० मा प्रकाशित

१४ वैशाख, रुकुम पूर्व । राष्ट्रिय परीक्षा बोर्डले देशभर कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गरेको छ । सोमबारबाट सञ्चालनमा आएको वार्षिक परीक्षामा रुकुम पूर्वका परीक्षार्थीहरूको उपस्थितिमा पनि उत्साह देखिएको छ ।

जिल्लाका ५ परीक्षा केन्द्रमा गरी कुल ४ सय ९७ जना परीक्षार्थीको उपस्थिति रहेको शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पूर्वले जानकारी दिएको छ ।

इकाइ प्रमुख तिलक गौतमका अनुसार परीक्षामा जम्मा १७ जना परीक्षार्थीहरू मात्र अनुपस्थित रहेका छन् । जसको तुलनामा हेर्दा उपस्थिति परिक्षार्थीहरूमा भने निकै उत्साह देखिएको छ । प्रमुख गौतमका अनुसार जिल्लाभर परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको जनाइएको छ ।