साफ खेल्न नेपाली महिला टोली भारत प्रस्थान

२०८३ जेठ ७ बिहीबार १८:५३:०० मा प्रकाशित

काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्रालयले भारतको गोवामा हुने साफ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको छ। प्रतियोगिता मे २५ देखि सुरु हुँदैछ।

युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेप सदस्यसचिव रामचरित्र महेता र एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले टोलीलाई बिदाइ गरेका हुन्। नेपाल समूह ‘ए’ मा श्रीलंका र भूटानसँग रहेको छ। नेपाल हालसम्म ६ पटक उपविजेता बनेको टोली हो।

मुख्य प्रशिक्षक नवीन न्यौपानेले अञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २४ सदस्यीय टोली घोषणा गरेका छन्। टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा करिब एक महिनादेखि तयारी गरिरहेको छ।