माटो व्यवस्थापन सरकारको प्राथमिकतामा छ : मन्त्री परियार
काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारले माटो व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेको बताएका छन्।
१२ औं विश्व माटो दिवसको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले माटो तथा मल परीक्षणका लागि केन्द्रीय कृषि प्रयोगशालाले किसानहरूलाई सेवा प्रदान गर्दै आएको समेत बताए।
उनले देशभर माटो परीक्षण गरी डिजिटल माटो नक्सालाई अद्यावधिक गर्ने काम पनि भइरहेको पनि बताए। सरकारले माटो परीक्षण, सन्तुलित मलको प्रयोगका लागि प्राविधिक तथा किसानको क्षमता अभिवृद्धिजस्ता कामहरू गर्दै आएको मन्त्री परियारको जिकिर थियो ।
मन्त्री परियारले रासायनिक एवं प्राङ्गारिक मल व्यवस्थापनका लागि पनि सरकारले ठोस योजनाका साथ काम गरिरहेको जानकारी दिए।